१९ वर्षमा दुनियाँ हल्लाएकी अभिनेत्रीको रहस्यमय मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
220
Shares
काठमाडौं । भारती अभिनेत्री दिव्या भारतीको रहस्यमय मृत्यु भएको २९ औं वर्ष पुगेको छ । रूपमा अब्बल मानिएका र रूपको चर्चामा शिखरमा रहेकी यी अभिनेत्रीको १९ वर्षको उमेरमा नै मृत्यु भएको थियो । सन् १९७४ फेब्रुअरी २५ मा महाराष्ट्रमा जन्मिएकी उनको सन् १९९३ अप्रिल ५ मा मृत्यु भएको थियो ।
हिन्दी र तलेजु चलचित्रमा सानै उमेरमा सफलता प्राप्त गरेकी दिव्याले सन् १९९० को सुरुमा नै सफलता प्राप्त गरेकी थिइन् । कम समयमा नै सफलताको चुचुरोमा पुग्न सफल दिव्याले विश्वात्मा, सोला ओर सबनम र दिवानाजस्ता चलचित्रबाट भारत मात्र नभएर बाहिरकै कयौँ आत्मालाई दिवाना बनाउन सफल भएकी थिइन् ।
यी नायिकाको मुम्बई स्थित एक अपार्टमेन्टको कौसीबाट खसेर मृत्यु भएको भनिएको थियो । तर यो हत्या थियो भन्ने विवाद पनि नचलेको होइन । आजसम्म पनि उनको मृत्यु रहस्यकै गर्वमा छ भनिन्छ ।
उनको मृत्युलाई कतिपयले आत्महत्या र कसैले षड्यन्त्र मान्छन् । जुन दिन दिव्या भारतीको मृत्यु भयो, उनले त्यही दिन नयाँ फ्ल्याट पनि किनेकी थिइन् । धेरै वर्षदेखि यो रहस्य सुल्झाउन प्रयास गरिएको थियो। जब कुनै ठोस प्रमाण थिएन तब मुम्बई पुलिसले यो केस पनि १९९८ मा बन्द गर्यो।
भनिन्छ दिव्या भारतीले आफ्ना श्रीमान् साजिद नाडियाडवालालाई बच्चाजस्तै सर्प्राइज दिन्थिन् उनी प्रायः आफ्नो फ्ल्याटको झ्यालबाहिरको प्यारापिटमा चुपचाप बस्ने गर्थिन । जब साजिद उनलाई त्यहाँ खोज्न जान्थे तब सरप्राइज दिन्थिन् । त्यो रात पनि त्यस्तै थियो । जब उनी साजिदलाई चकित पार्न अगाडि बढिन् उनले आफ्नो सन्तुलन गुमाइन् र उनी चिप्लिएर पाँच तलाबाट तल खसिन् । त्यो रात उनी निकै मातेकी थिइन् । उनी बारम्बार रक्सीको लतमा रहने गरेको बताइन्छ। धेरै पटक सुटिङका क्रममा पनि मदिरा सेवन गरेर जाने गरेकी थिइन् ।
दिव्या भारती एकदमै एक्लो महसुस गर्न थालेकी थिन् । उसलाई सहाराको आवश्यकता थियो। जसले तिनीहरूलाई बुझ्न सक्छ। यस्तो अवस्थामा उनको भेट साजिद नाडियाडवालासँग भयो । साजिदलाई भेटेपछि दिव्यालाई लाग्यो, साजिदले उनलाई सबै खुसी दिनेछन्, जसबाट उनी अहिलेसम्म वञ्चित छिन् ।
दिव्या र साजिद नाडियाडवालाले १० मे सन् १९९२ मा गोप्य विवाह गरे । साजिदसँग विवाह गर्नुअघि दिव्याले इस्लाम स्वीकार गरेर सना नाम राखिन् । मुम्बईको तुलसी बिल्डिङमा भएको यो विवाहमा दिव्याकी हेयरड्रेसर, साथी सन्ध्या, सन्ध्याका श्रीमान् काजी मात्रै समावेश भएका थिए ।
दुवैले चुपचाप बिहे गरे । लामो समयपछि साजिदले दिव्याको करियरमा असर नहोस् भनेर बिहेको कुरा लुकाएर राखे तर पछि खुलासा गरे । तर, यी दुईको सम्बन्ध केही दिनसम्म सामान्य भएन । केही दिनपछि साजिदले पनि दिव्याको हरेक कुरामा अधिकार दाबी गर्न थाले । त्यसयता दिव्या भारती झनै तनावमा रहन थालिन् ।
भनिन्छ विवाहको केही दिनपछि साजिदसँग उनको सम्बन्ध बिग्रन थालेको थिए । उनी ड्रिपेशनको सिकार भइन् । तर सही समयमा उचित उपचार नपाएपछि उनको मानसिक सन्तुलन बिग्रन थाल्यो र साजिद नाडियाडवालासँग बच्चाजस्तै व्यवहार गर्न थालिन् ।
एक पटक उनले आफ्नो नाडी पनि काटेकी थिइन्। धेरै पटक उनले हातमा चुरोट जलाएकी थिइन् । उनी यस्तो डिप्रेशनको सिकार भइन् कि उनले ड्रग्स पनि सेवन गर्न थालेकी थिइन् । तर, दिव्या भारती आफ्नो मृत्युसँगै धेरै रहस्य लिएर गइन् जसको पर्दाफास गर्न गाह्रो छ । आज पनि उनको मृत्यु एउटा रहस्य नै बनेको छ ।