arrow

बारको नयाँ नेतृत्वका लागि मतगणना जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
Nepal-bar-association.jpeg

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतगणना शुरु भएको छ । काठमाडौंसहित देशैभरका ३४ मतदान केन्द्रबाट मतपेटिका राजधानी आएलगत्तै बिहान ९ बजेबाट मतगणना शुरु भएको हो ।

बारेको  २६ औँ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ताहरु मतदाताले मतदान प्रक्रियामा सहभागी भएका थिए ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ