काठमाडौं । इन्डिगो एयरलाइन्सको विमानलाई इमरजेन्सी ल्यान्डिङ गरिएको छ । उक्त विमान भारतको नागपुरमा इमरजेन्सी ल्यान्डिङ गरिएको हो । पाइलटले विमानमा धुँवा देखेपछि इमरजेन्सी ल्यान्डिङ गराइएको हो ।
फ्लाइट ६ई७०७४ अहमदाबादबाट नागपुर हुँदै लखनउ जाँदै थियो । विमानमा ५० यात्री र ४ चालक दलका सदस्यहरु सवार रहेका थिए । सबै सुरक्षित छन् ।