arrow

टाटा मोटर्सको एएमसी प्याकेज ‘केयर प्लस’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
tata-motors-care.jpg

काठमाडौं । टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालि सँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ ल्याएको छ। टाटा मोटर्स र सिप्रदीले सधै आफ्नो उत्पादन बिक्रीपछि उत्कृष्ट सेवाहरूको साथमा ग्राहकलाई नयाँ अनुभवलाई प्राथमिकता दिने गरेको छ ।

केयर प्लस एक यस्तो मर्मत योजना हो जसले सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीको दाबी छ । टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ । 

यद्यपि केयर प्लस हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध छ र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने योजनामा रहेको कम्पनीले जनाएको छ । 

ग्राहकले अब आफ्ना सवारी साधनहरूको सहज र समस्यामुक्त संचालन सुनिश्चित गर्न सक्ने दाबी कम्पनीको छ । यसका साथै केयर प्लसमा सवारी मर्मत, व्हिल अलाइनमेन्ट र सवारी साधनको धुलाईसहित निर्धारित सेवाहरू समावेश गरिएको छ । जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि ३६५ दिनभित्र वा १५,५०० किलोमिटर गुड्नु अगाडि केयर प्लस खरिद गर्न सक्नेछन् ।
यस्तो छ केयर प्लसको सुविधाः



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ