भाजपा कार्यालयमा प्रधानमन्त्री देउवा, अध्यक्ष नड्डासँग छलफल
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
913
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टी(भाजपा)का अध्यक्ष जेपी नड्डासँग छलफल गरेका छन् ।
भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली पुगेका देउवाले नयाँ दिल्लीस्थित भाजपाको पार्टी कार्यालयमा अध्यक्ष नड्डासँग भेटघाट गरेका हुन् ।
आजै भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले साँझ नेपाली दूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी छन् ।
भोलि चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।