मधेसका आन्तरिक मन्त्रीले दिए प्रहरी भर्नाका लागि विज्ञापन आह्वान गर्ने चेतावनी
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ चैत १६ बुधबार
566
Shares
जनकपुरधाम। मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश सरकारको पहिलो अनुसूचीमा शान्ति सुरक्षाको जिम्माको रहे पनि आफूहरूको मातहतमा अहिलेसम्म प्रहरी नरहेको गुनासो पोखेका छन् ।
बुधवार प्रदेश सरकार तथा जनप्रतिनिधिसँग सूचनाको हक सम्बन्धी कार्यशालामा बोल्दै मन्त्री साहले प्रदेश सरकार र सङ्घ सरकारले समेत प्रहरी ऐन बनाइसके पनि समायोजन गर्न आलटाल गरिरहेकाले अब प्रहरी भर्नाका लागि विज्ञापन आह्वान गर्ने चेतावनी दिएका हुन् । सङ्घ सरकारले प्रहरी समायोजन गर्न आलटाल गरिरहेकाले अब जबरजस्ती भए पनि प्रहरी भर्ना खोल्ने बताए।
मन्त्री साहले कार्यशालामा बोल्दै यहाँ पनि ऐन बनिसकेको छ, त्यहाँ पनि बनिसकेको छ । मात्र प्राविधिक विषय रहेको छ । मन्त्रीले स्विच अन गरे हुन्छ तर गरिरहेका छैनन् ।
'अब एक मात्र उपाय छ मन्त्रीपरिषद् बाट टाढो आदेश पास गरेर प्रहरी भर्ना गर्छु,’ उनले अगाडी भने, ‘म लड्नबाट डराउने मान्छे होइन । म लड्ने मान्छे हो ।'
निर्वाचनको समयमा अहिले आफ पनि व्यस्त रहेको भन्दै मन्त्री साहले निर्वाचन पश्चात् २ सय भए पनि प्रहरी जवान भर्नाका लागि विज्ञापन आह्वान गर्ने जानकारी गराए।