arrow

मधेसका आन्तरिक मन्त्रीले दिए प्रहरी भर्नाका लागि विज्ञापन आह्वान गर्ने चेतावनी

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ चैत १६ बुधबार
bharat-prasad.PNG

जनकपुरधाम। मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश सरकारको पहिलो अनुसूचीमा शान्ति सुरक्षाको जिम्माको रहे पनि आफूहरूको मातहतमा अहिलेसम्म प्रहरी नरहेको गुनासो पोखेका छन् ।

बुधवार प्रदेश सरकार तथा जनप्रतिनिधिसँग सूचनाको हक सम्बन्धी कार्यशालामा बोल्दै मन्त्री साहले प्रदेश सरकार र सङ्घ सरकारले समेत प्रहरी ऐन बनाइसके पनि समायोजन गर्न आलटाल गरिरहेकाले अब प्रहरी भर्नाका लागि विज्ञापन आह्वान गर्ने चेतावनी दिएका हुन् । सङ्घ सरकारले प्रहरी समायोजन गर्न आलटाल गरिरहेकाले अब जबरजस्ती भए पनि प्रहरी भर्ना खोल्ने बताए।

मन्त्री साहले कार्यशालामा बोल्दै यहाँ पनि ऐन बनिसकेको छ, त्यहाँ पनि बनिसकेको छ । मात्र प्राविधिक विषय रहेको छ । मन्त्रीले स्विच अन गरे हुन्छ तर गरिरहेका छैनन् ।

'अब एक मात्र उपाय छ मन्त्रीपरिषद् बाट टाढो आदेश पास गरेर प्रहरी भर्ना गर्छु,’ उनले अगाडी भने, ‘म लड्नबाट डराउने मान्छे होइन । म लड्ने मान्छे हो ।'

निर्वाचनको समयमा अहिले आफ पनि व्यस्त रहेको भन्दै मन्त्री साहले निर्वाचन पश्चात् २ सय भए पनि प्रहरी जवान भर्नाका लागि विज्ञापन आह्वान गर्ने जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ