जाँदा जाँदै जनकपुर अस्पतालका मेसुले गरे बिचौलियाको सफाइ गरेको दाबी
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ चैत १६ बुधबार
548
Shares
जनकपुरधाम। पदमुक्त भएको जनकपुरधाम प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवले आफ्नो कार्यकालमा बिचौलियाको सफाइ गरेको दाबी गरेका छन् । बुधवार यादवले पत्रकार सम्मेलन गरि अस्पतालको सरसफाइ र बिचौलियाको सफाइ आफुले गरेको दाबी गरेका हुन्।
उनले आफ्नो कार्यकालमा २५ प्रतिशत कार्यप्रगती भएको दाबी गरे। यादवले आफू अस्पतालमा मेसु बनेर आउँदा अस्पतालको सरकारी प्रगति स्केल २९ प्रतिशत रहेको भए पनि आफू बाहिरिने बेला त्यो प्रतिशत ५४ रहेको जानकारी गराए।
दुई वटा अक्सिजन प्लान्ट, नयाँ भवन, बेडको बिस्तार र रिनोभेट सहितका कामहरू गरेको पनि बताए ।
डा. यादवले अस्पताल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आएपछि अव निर्देशक नियुक्त गर्नुपर्ने प्रावधान अनुसार प्रदेश सरकारले डा. यादवलाई पदमुक्त गरिएको हो ।