arrow

कांग्रेस वीपी र राप्रपाबीच पार्टी एकता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
277233553_370878428268860_8707484619018325455_n.jpg

कपिलवस्तु । कपिलवस्तुमा नेपाली कांग्रेस वीपी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच पार्टी एकता भएको छ । सोमबार एक विशेष कार्यक्रम गरी ४ नम्बरमा पार्टी एकता गरिएको हो । केन्द्रको सहमति विना कपिलवस्तु जिल्लाले पार्टी एकता गरेको हो । 

विपी कांग्रेसका जिल्ला सभापति गोपाल पोखरेल र राप्रपाका जिल्ला अध्यक्ष नारायणबहादुर सिंहको विशेष पहलमा पार्टी एकता भएको हो । पार्टी एकता भएसँगै वीपी कांग्रेस राप्रपामा एकीकरण भएको छ । 

चुनावमा जाँदा अब कपिलवस्तुमा राप्रपाको नाम र चुनाव चिन्ह मानेर जाने सहमतिमा उल्लेख छ । दुवैले २०४७ सालको संविधानलाई पूर्ण पालना हुने गरी पार्टी एकता भएको नेता पोखरेलले बताए । 

शक्ति बाँडफाँडको सबालमा वीपी कांग्रेसमा भएको तत् तत् पद राप्रपामा पनि हुने उल्लेख छ । कपिलवस्तुमा अध्यक्ष राप्रपालाई दिने र अन्य पद भने कांग्रेस वीपीको जे छ त्यही हुने उल्लेख छ ।

पोखरेल वीपी कांग्रेसको केन्द्रीय सदस्य पनि भएको हकमा उनी राप्रपाको केन्द्रीय सदस्य हुनेछन् । उनले वीपी कांग्रेसबाट सोमबारकै मितिदेखि लागु हुने गरी राजीनामासमेत दिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ