arrow

टाटाको टिगोर ईभी बन्यो ‘भ्युअर्स चोइस ईभी अफ द इयर २०२२’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
tigor-ev-tata-sipradi.jpg

काठमाडौं। टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर ईभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ । उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मान गरिएको हो।

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्त अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पायो । गाडीको बाहिरी, आन्तरिक र सुरक्षा विशेषताहरूका कारण विद्युतीय टिगोर ग्राहकमाझ लोकप्रिय रहेको छ । 

कस्तो छ टिगोर ईभी ? 
टाटा मोटर्सका अनुसार विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ । वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको हो भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको हो ।

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर २६ किलोवाटको लिक्विड–कुल्ड र उच्च उर्जा घनत्व ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसमा भएको आइपी–६७ रेटेड ब्याट्री प्याकले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बीएचपी पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।

विद्युतीय टिगोर छोटो समयमै चार्ज गर्न सकिन्छ । त्यो भनेको यसमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसबाहेक ब्याट्रीलाई १५ एएमपी प्लग अर्थात् घर वा कार्यालयमा हुने चार्जिङ पोर्टबाट पनि सजिलै चार्ज गर्न सकिन्छ।

यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ । यसले गर्दा पनि ग्राहकहरूलाई विद्युतीय टिगोर रोज्न लोभ्याउँछ । ग्राहकहरूको रोजाइको ईभी बन्न सफल विद्युतीय टिगोरलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । यसमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ । जसमा लामो यात्राको लागि आवश्यक सामग्रीहरू पनि सहजै अटाउन सकिन्छ ।

विद्युतीय टिगोर डेटोन ग्रे र टिल ब्लु गरी दुई वटा रंग विकल्पमा उपलब्ध छन् । परीक्षणअनुसार विद्युतीय टिगोरले एक पटकको पूरा चार्जमा ३०६ किलोमिटरसम्मको माइलेज दिन्छ ।
विद्युतीय टिगोरमा ७ इन्चको हर्मान इन्फोटेनमेन्ट टचस्क्रिन, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ। यसमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू पनि छन् ।

सुरक्षाको हिसाबले हेर्दा कम्पनीले विद्युतीय टिगोरमा डुअल एयर ब्याग, ईबीडीसहितको एबीएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ । त्यसैले गर्दा पनि गाडी ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको बुझिन्छ ।

भारतीय बजारमा विद्युतीय टिगोरको मूल्य १२ लाख २४ हजार रुपैयाँदेखि १३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । टिगोर ईभी एक्सई, एक्सएम र एक्सजेड प्लस गरी तीनवटा ट्रिममा उपलब्ध छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ