arrow

भारतको तीन करोड बढीको अनुदानमा निर्मित सिनाम उच्चमाविको भवन उद्घाटन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
Pic1.jpg

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिनाममा निर्मित सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ । एक कार्यक्रमकाबीच सांसद योगेश भट्टराई, संविधानसभा सदस्य भुपेन्द्र थेवे र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले सोमबार विद्यालयको नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

सो उद्घाटन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय समुदायका अगुवा, शिक्षक–शिक्षिका, अभिभावक, छात्र–छात्रा लगायतको उपस्थिति रहेको थियो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । 

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड १० लाखको लागतमा उक्त दुई तले भवनको निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हाल १६०० जना विद्यार्थी अध्ययनरत छन् । 

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये ताप्लेजुङ्गका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ्ग जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ । 

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने भारतीय राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ