ललितपुर । लोकप्रिय सरु संगीत घरले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । घरले शनिबार वरिष्ठ हाँस्य कलाकार किरण केसीको प्रमुख आतिथ्यमा पहिलो वार्षिकोत्सव तथा प्रफर्मेन्स अफ स्टुडेन्ट आर्टिष्टका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो ।
महालक्ष्मी नगरपालिकाको सानागाँउमा आयोजित कार्यक्रममा प्रफर्मेन्स अफ स्टुडेन्ट आर्टिष्टमा प्रथम हुने आर्या खनाल, दोस्रो हुने अनुस्किता पोखरेल, तेस्रो हुने सुभम निरौला तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रारुप प्रसाईलाई कलाकार केसीले नगद तथा प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा बोल्दै सरु संगीत घरका निर्देशक तथा नेपाली संगीत जगतका अब्बल संगीतकार डेनी निरौलाले कोरोना माहामारीमा भर्चुअल माध्यमबाट पनि यस विद्यालयमा जोडिएर सरु संगीत घरलाई माया गर्ने संगीतका विद्यार्थीलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा अतिथिहरु राष्ट्र बैंकका निर्देशक डिल्ली पोखरेल, डीएसपी फडिन्द्र प्रसाईं तथा समाजसेवी श्याम थापाको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा २० वटा गायन तथा नृत्य प्रस्तुत भएका थिए ।