माछापुच्छ्रे बैङ्कद्वारा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सीसीयू वार्ड हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
795
Shares
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ। बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शय्याको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो।
यही चैत्र एक गते मङ्गलवार आयोजित एक कार्यक्रमका बीच बैङ्क का अध्यक्ष डा.वीरेन्द्र महतोले उक्त सिसियु वार्डको सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणी अधिकारीलाई हस्तान्तरण गरेका हुन्। उक्त सिसियु वार्ड हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैङ्कका सञ्चालक समितिका सदस्यहरू रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
माछापुच्छ्रे बैङ्कले विशुद्ध बैङ्किङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न सङ्घ सस्ताहरूलाई सहयोग गर्दै आएको छ। त्यस्तै बैङ्कले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको छ।
बैङ्कले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैङ्किङ सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइ रहेको छ।