arrow

यो वर्ष पनि सर्वाधिक मूल्यवान् टायर ब्रान्ड बन्यो मिसिलिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
michelin-worlds-number-one-tire-brand.jpg

काठमाडौँ। फ्रेन्च टायर निर्माता मिसिलिन यो वर्ष पनि ब्रान्ड फाइनान्सले गरेको मूल्याङ्कनमा सर्वाधिक मूल्यवान् टायर ब्रान्ड बनेको छ। ब्रान्ड भ्यलुएसनमा विश्वकै अग्रणी मानिने यो कन्सल्टेन्सिले गरेको ब्रान्ड इन्डेक्समा  मिसिलिनले ८५.८ अङ्क प्राप्त गर्दै उक्त स्थान हासिल गरेको हो।

सन् २०१८ देखि निरन्तर मूल्यवान् टायर ब्रान्डको ताज कायमै राख्न सफल यो ब्रान्डको मूल्य यो वर्ष बढेर ७ हजार ७ सय ३६ मिलियन डलर पुगेको छ। अघिल्लो वर्ष उक्त मूल्य ६ हजार ८ सय ४८ मिलियन डलर रहेको थियो। मूल्यवान् ब्रान्डको सूचीमा पहिलो स्थान ओगटेको मिसिलिनलाई अर्को जापानिज ब्रान्ड ब्रिजस्टोनले पछ्याइरहेको छ। ब्रिजस्टोन विगत ५ वर्षयता सूचीको दोस्रो स्थानमा रहँदै आएको छ।

त्यसै गरी मिसिलिनले अघिल्लो वर्ष अर्थात् सन् २०२१ मा २५.९ बिलियन डलरको कारोबार गर्दै सर्वाधिक बिक्री हुने ब्रान्डमा समेत कब्जा जमाएको छ। बिक्रीमा पनि उसलाई ब्रिजस्टोनले पछ्याउँदै दोस्रो स्थान ओगटेको छ। कोरोना महामारीका कारण निम्तिएको अनुकूल परिस्थितिका बावजुत पनि मिसिलिनले अघिल्लो वर्ष बिक्री बढाएर अग्रथानमा आएका कारण अबको केही वर्ष बिक्रीमा पनि यसले बजारको नेतृत्व कायमै राख्ने अनुमान गरिएको छ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादन हुने कारण मिसिलिनले विश्व बजारमा एक प्रिमियम र उच्च गुणस्तरीय टायर ब्रान्डको पहिचान बनाइरहेको छ। विश्वका अधिकांश प्रिमियम ब्रान्डका सवारीसाधनमा ओई फिटमेन्ट भएर आउने मिसिलिनलाई सर्वाधिक इन्धन किफायती टायरका रुपमा समेत लिने गरिन्छ।

विश्वमा यसको ९ वटा आर एन्ड डी सेन्टर रहेको छ भने २६ राष्ट्रमा ११७ वटा उत्पादन युनिट र १७० भन्दा बढी देशमा कारोबार भइरहेको छ। हालै यसले मोटोजीपी रेसलाई विशेष प्रकारको टायर सप्लाई गर्ने सम्झौतालाई सन् २०२६ सम्म निरन्तरता दिइने उद्घोषसमेत गरेको छ।

नेपाली बजारमा समेत उपलब्ध यो टायरलाई ग्राहकले प्रिमियम ब्रान्डको टायरका रूपमा लिई आफ्नो सवारीसाधनमा प्रयोग गरिरहेका छन्। नेपालमा यसको टु ह्विलरदेखिी, प्यासेन्जर कार, कमर्सियल भेहिकल र हवाई जहाजसम्ममा प्रयोग गर्न मिल्ने टायर उपलब्ध छ। अटो मोबाइल कम्पनी सिप्रदी अटो पार्टस्ले यसको आयात गरी कारोबार गरिरहेको छ। https://brandirectory.com/rankings/tyres/



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ