arrow

फुटबल प्रशिक्षणका लागि सिप्रदीयन सहायताको छात्रवृत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
sipradi-football-training-scholarship.jpg

काठमाडौँ। सिप्रदीयन सहायता संस्थाले काठमाडौँ किकर्ससंगको सहकार्यमा फुटबलमा इच्छुक र दक्ष भएको तर आर्थिक सहयोग चाहिएका बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमको लागि छात्रवृत्ति प्रदान गर्न लागेको छ। फुटबलमा योग्य तर आर्थिक रूपमा विपन्न बालबालिकाहरूलाई परीक्षणको अवसर प्राप्त होस् भन्ने मूल उद्देश्यको साथ यो कार्यक्रमको सञ्चालन हुन गइरहेको कम्पनीले जनाएको छ। निःशुल्क फुटबल तालिममा १२ र १३ वर्षको केटा र केटी दुवैले सहभागिता जनाउन सक्नेछन्।

निःशुल्क फुटबल तालिमको छनौट कार्यक्रम यही शनिवार फाल्गुन २८ गते दिउँसो १२ बजे कुपन स्पोर्ट्स सेन्टर, बलुवाखानी, काठमाडौँमा हुन गइरहेको छ। हाल काठमाडौँ किर्कस एकेडेमीमा स्कटिस प्रशिक्षक लि.मेनसनले प्रशिक्षण दिइरहेका छन्।

हाल काठमाडौँ भ्यालीमा बसोबास गर्ने १२ र १३ वर्षको बालबालिकालाई यस निःशुल्क फुटबल तालिममा छात्रवृत्ति कार्यक्रममा सहभागी हुन कम्पनीले आह्वान गरेको छ। कार्यक्रमको थप जानकारीको लागि ०१–४१६४३९२ मा सम्पर्क गरेर बुझ्न सकिने छ।

सिप्रदीयन सहायता संस्थाबारे जानकारी
सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ। यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो। यस संस्थाले योग्य तर आर्थिक रूपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ।

साथै संस्थाले वृद्ध नागरिकहरू, नाबालक टुहुराहरू तथा भिन्न क्षमता भएका व्यक्तिहरूलाई हरतरहबाट सेवा पुर्‍याउने निष्ठा राखेको छ। यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालीन उद्धार, सहयोग तथा पूनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ