arrow

पुरुषले ३० कट्नु अघि छोड्नुपर्ने १० बानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
binge-drinking.jpg

एजेन्सी। प्रत्येक उमेर अनुसार मानिसहरूले गर्ने कार्य पनि फरक फरक हुन्छन् ।  सबै मानिसका लागि उमेरले परिपक्व पनि गराउँछ। सबैले सिक्नु पर्ने कुरा चाहिँ प्रत्येक वर्ष बढेसँगै उमेर पनि थपिँदै गएको हुन्छ । 

मानिसले आफूलाई मूल्याङ्कन गर्दै र आफ्ना कमी कमजोरीलाई सच्याउँदै लैजानु नै बुद्धिमानी हुन्छ। तपाईँको परिपक्वताले नै तपाई जीवनलाई खुशी बनाउन सहयोग गर्दछ। जब तपाईँ ३० वर्षको उमेर छेउ पुग्नुहुन्छ घर परिवारले तपाईँबाट निकै अपेक्षा गरेको हुन्छ। 

त्यसैले  यी महत्त्वपूर्ण टिप्स अनुसार आफ्नो खराब बानी छोडे तपाईँलाई जीवन जिउन सहज हुनेछ । हेरौँ पुरुषले ३० वर्षको उमेर पछि छोड्नु पर्ने १० बानीहरू। 

लड्ने गरेर पिउने
मदिराले स्वास्थ्य र समाजमा भलो गर्दैन । तर पनि कहिले काहीँ साथी भाइसँग रमाइलो गर्ने पिउने बानीलाई ठिकै मान्न सकिन्छ।  तर बेहोस हुने गरेर पिउनु उपयुक्त होइन। यसले तपाईँको सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउँछ । त्यसैले  पुरुषले ३० कट्नु अघि लड्ने गरेर पिउने बानीलाई छाड्नु पर्दछ।

लाप्पा खेल्ने
केटाकेटीमा जो कोही पनि लाप्पा खेल्छ । तर वयस्क भएपछि पनि लाप्पा खेल्नु ठिक हुँदैन । त्यसैले तपाईँको लाप्पा खेल्ने बानी छ भने छोड्नु होस।

धेरै भिडियो गेम खेल्ने
भिडियो गेम खेल्नाले तपाई आफ्नो कामलाई निरन्तरता दिन कठिनाइ पर्छ त्यसैले  भिडियो गेम खेल्न छोड्नुहोस् ।

लक्ष्यविहीन काम
मानिसले आफू केही गर्नु पहिले लक्ष्य लिएर सुरु गर्नुपर्ने हुन्छ । लक्ष्य विहीन कामले मानिसको समय बरबाद मात्र बनाउँदछ । त्यसैले  लक्ष्य लिएर काम गर्नुहोस्।

प्रतिबद्धता विहीन प्रेम/सम्बन्ध
प्रेम/सम्बन्ध मा प्रतिबद्धता जनाउन आवश्यक हुन्छ । प्रतिबद्धताले आफन्त प्रति विश्वास जगाउँदछ । त्यसैले प्रतिबद्धता सहित सम्बन्धलाई अगाडि बढाउनुहोस् । 

डरलाग्दो ड्राइभिङ
गाडी चलाउँदा सावधानी अपनाउन आवश्यक पर्दछ । वयस्क पुरुषहरू ट्राफिक नियमको उल्लङ्घन गरि जथाभाबी गाडी कुदाउने गर्दछन् । जस कारण जानाजान समस्यामा पर्ने गर्दछन् । तर पुरुषले ३० कट्नु अघि यस्तो क्रियाकलापलाई छोड्नु पर्ने हुन्छ ।

डाक्टर कहाँ नजाने
उमेर छदा केही नभए पनि जब उमेरको सुई चढ्न थाल्दछ शरीर शिथिल हुन पुग्दछ । त्यसैले पुरुषले ३० कट्नु अघि देखि नियमित शारीरिक व्यायाम गर्ने र डाक्टरको सल्लाह सुझाव मान्नु बुद्धिमानी हुनेछ । 

इमानदार नहुने
उमेर बढेसँगै जिम्मेवारी पनि बढ्छ । त्यसैले इमानदार हुन आवश्यक छ ।

धेरै पार्टी/ डान्स
पुरुषले ३० कटेपछि धेरै पार्टी/ डान्सलाई बन्द गर्नुपर्ने हुन्छ । पार्टी र डान्सले तपाई गृहस्थी जीवनलाई बरबाद पार्दछ ।

फास्ट फुड
३० पछि फास्ट फुडमा कम ध्यान दिनुस्। हाइजनिक खानामा ध्यान दिनुस्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ