arrow

टाटा नेक्सन फेब्रुअरीमा पनि शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
tata-nexon-2022.jpg

काठमाडौँ। फेब्रुअरी महिनामा पनि टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयूभी भएको छ। टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयूभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्राका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको कम्पनीले जनाएको छ।

टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडि पार्दै आफू शीर्ष स्थानमा हुन सफल भएको थियो। टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो।

फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयूभी बिक्री गरेको छ। यो भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो। टाटाले सन् २०२१ को फेब्रुअरीमा ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो।

प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको एसयूभी हो। नेक्सनको बनावट र विशेषताहरू उत्कृष्ट हुनुका साथै यो सब–फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिन जडित भएका कारण धेरैको रोजाइमा पर्न सफल छ। साथै नेक्सन टाटा मोटर्सका निकै सुरक्षित कारहरूमध्ये पर्दछ।

फेब्रुअरीको बिक्री तथ्यांक अनुसार नेक्सनपछि दोस्रो स्थानमा १० हजार २१२ वटा हुन्डाइको भेन्यु बिक्री गरेर परेको छ। जुन भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ९ प्रतिशतले कम हो।

यसबाहेक फेब्रुअरीमा सबैभन्दा धेरै बिक्री हुने एसयूभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ। टाटाले गत फेब्रुअरीमा मात्रै ९ हजार ५९२ वटा पन्च बिक्री गर्‍यो । कम समयमै ग्राहकहरूको मन जितेर युवादेखि वृद्धसम्म सबैको रोजाइमा पर्दै आइरहेको यो एसयूभी सुरक्षाको मामिलामा फाइभ स्टार रेटिङ्ग पाउने उत्कृष्ट गाडीमा पर्न सफल भएको छ।

यसपछि पाँचौँ स्थानमा परेको मारुती ब्रेजाले फेब्रुअरीमा ९ हजार २५६ वटा बिक्री गरेको छ । त्यस्तै गत महिनामा मात्रै ६ हजार ५७५ वटा सेल्टस बिक्री गरेको किया सर्वाधिक बिक्री हुने सूचीको छैंटौं स्थानमा परेको छ। 

सर्वाधिक बिक्री हुनेमध्ये सातौँ स्थानमा कियाको सोनेट परेको छ। कियाको सोनेट ६ हजार १५४ वटा बिक्री भएको हो। सन् २०२१ को सोही महिनामा ७ हजार ९९७ वटा सोनेट बिक्री भएको तुलनामा यो २३ प्रतिशतले कम हो। त्यसै गरी आठौँ र नवौँ स्थानमा महिन्द्राको थार र एक्सयुभी–३०० परेको छ। 

कम्पनीले ५ हजार ७२ वटा थार र ४ हजार ५११ वटा एक्सयूभी–३०० बिक्री गर्‍यो । सन् २०२१ को सोही महिनाको तुलनामा थारको बिक्रीदर ७८.४ प्रतिशतले बढेको हो भने एक्सयुभी–३०० को बिक्रीदर ४२ प्रतिशतले बढेको छ। फेब्रुअरीमा सर्वाधिक बिक्री हुने दश गाडीको अन्तिममा अर्थात् दसौँ स्थानमा महिन्द्राको एक्सयुभी–७०० परेको छ।

विगतका केही महिना लगातार टाटा मोटर्सले आफ्नो स्थान मजबुत गर्दै अन्य गाडीहरू पनि शीर्ष स्थानमा पुर्‍याउँदै लगेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ