arrow

मिथिला माध्यमिकी परिक्रमाको चौथो दिन मटिहानी पुगे यात्रीहरू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
madhyamiki.jpg

जनकपुरधाम। मिथिलाको महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आइतबार परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा पुगेको छ । रामायणकालीन स्थल महोत्तरीको मटिहानी पुगेको हो ।

शुक्रवार भारत विहारको कल्याणेश्वर स्थानमा १५ दिने परिक्रमाको लागि यात्रीहरूले सङ्कल्प लिई शनिवार गिरिजा स्थान पुगेका थिए । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रूपमा रहेको १५ दिने परिक्रमा बिहीबारदेखि शुरु भए पनि शुक्रवार कल्याणेश्वरमा सङ्कल्प लिए पछि औपचारिक रूपमा शुरुवात भएको हो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्नि कुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला मध्यमा परिक्रमा बिहीबारदेखि शुरु भएको हो । यस परिक्रमामा १ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठुलो सङ्ख्यामा साधु सन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहेको हो।

फागुन कृष्णपक्षको औँसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा गरिँदै छ । परिक्रमा फूलहरू (गिरिजास्थान) हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै ध्रुबकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्वर र फागुन पूर्णिमाको दिन जनकपुर फर्केर अन्तगृह परिक्रमा गरेपछि समापन हुनेछ।

परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएपछि परिक्रमा यात्रीको स्वागतमा मटिहानी नगरपालिका आइतबार सार्वजनिक बिदा दिइएको छ । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आइतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरभर सार्वजनिक बिदा दिएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । मण्डलका अनुसार बिदाका दिन विद्यालय र सार्वजनिक सङ्घ–संस्था बन्द रहने छ । यस अवसरमा मटिहानीमा भव्य मेलाको आयोजना गरिएको छ ।

सोमबार परिक्रमाका यात्री जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर पुग्नेछन् । त्यसपछि मडै,मङ्गलवार ध्रुबकुण्ड,बुधबार कञ्चनवन हरिणमरी, बिहीबार पर्वता, शुक्रवार धनुषाधाम, शनिवार सतोषर ,आइतबार औरही ,सोमबार विशौल,मङ्गलवार करुणा हुँदै कल्याणेश्वर स्थानमा पुगेर दर्शन पश्चात् जनकपुरधाम फर्किने परम्परा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ