arrow

टाटाको धमाकामा यी हुन् चैत १७ गतेसम्म चल्ने सात वटा विशेष अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
tata-dhamaka.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाइ दिने सोच बनाएका ग्राहकहरूका लागि अहिलेको असहज आर्थिक अवस्थामा पनि सहज होस् भनेर अति नै आकर्षक अफर सहितको ‘टाटा मोटर्सको धमाका’ नामक योजना ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले पहिले कहिल्यै नपाएको सुविधाहरू प्राप्त गर्ने दाबी कम्पनीले गरेको छ। माघ १८ गतेदेखि लागु भएको यो योजना फागुन १६ गतेसम्मका लागि सार्वजनिक गरिएको थियो। 

तथापि ग्राहकहरूको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङ्गका सिनियर महाप्रबन्धक अनुपमणि ढकालले बताए।

के छन् टाटा मोटर्सको धमाकाका अफर ?
सिप्रदीका अनुसार अहिले सात वटा अफर चलिरहेका छन्। जसमा नगद खरिदमा विशेष छुट, क्यास ब्याक अफर, नगद खरिदमा विशेष छुटसहित एएमसीको सुविधा, नगद खरिदमा तीन सरल किस्ताको सुविधा, आकर्षक अफर सहित एक्सचेन्जको सुविधा, तीन ईएमआईसम्म छुटको सुविधा, पुरानो टिपरको स्क्र्याप ल्याएर नयाँ गाडी खरिद गर्दा तीन लाखसम्मको छुट रहेका छन्।

कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ जस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङ्गको फेसबुक पेजमा पनि हेर्न सकिने सिप्रदीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ