फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैङ्कर सिद्धान्त ठकुरी
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
626
Shares
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडमा बैङ्कर सिद्धान्त ठकुरी नियुक्त भएका छन्। नवनियुक्त ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले स्वागत गरे।
नवनियुक्त सिओओ ठकुरीसँग नबिल बैङ्कमा काम गरेको १८ वर्ष भन्दा धेरैको अनुभव रहेको छ। ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ। ठकुरीसँग सेल्स एण्ड मार्केटिङ, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्ष भन्दा बढीको अनुभव छ। उनको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेका छन्। बैङ्क तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैङ्किङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्।
दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैङ्क तथा वित्तीय संस्था आबद्ध छन्। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पिसी आइडी एसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो।