arrow

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, अर्थमन्त्रीले एमसीसीको १२ बुँदे व्याख्या प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
janardan-sharma-minister.JPG
फाइल तस्बिर

काठमाडौँ। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकमा एमसीसी अनुदानसम्बन्धी विस्तृत छलफल सुरु भएको हो। यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो। उक्त बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसदहरूले धारणा राखेका थिए।

एमसीसीलाई पारित गराउनका लागि आजै दोस्रो बैठक राखिएको हो। बैठक रोकेर मन्त्रिपरिषद् बैठक बसेको थियो उक्त बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद् बैठकले पेस गर्ने निर्णय गरेको बारे सदनलाई जानकारी गराइ रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ