arrow

एमसीसी छलफल सम्बन्धी प्रस्ताव पारित, अर्को बैठक साढे ६ बजे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
agni-prasad-sapkota-2078-11-15.jpg

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक साँझ साढे ६ बजे बस्दैछ । साँझ ६ बजे सभामुख अग्निप्रसाद सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरिएको जनाएका छन् । 

यसअघि दिउँसो ३ बजेदेखि शुरु भएको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका विषयमा छलफल भएको थियो । उक्त छलफलमा सहभागी हुँदै सांसदहरुले मिश्रित विचार राखे पनि एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गरिएको थियो । 

उक्त प्रस्ताव पारित भएपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको हो । 

सत्ता गठबन्धनले दोस्रो बैठकमा एमसीसीलाई ‘व्याख्यात्मक घोषणा’ सहित पारित गर्ने तयारी गरेको छ । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध भने कायमै रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ