arrow

पहिला चुपचाप बस्ने अनि अहिले विरोध गर्ने ? राजनीतिबाट संन्यास लिए हुन्छ : बाबुराम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
baburam-bhattarai-mcc.jpg

काठमाडौँ। जसपाका सङ्घीय परिषद् अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले जनताको सर्वोच्च संस्था संसद् ६ महिनादेखि बन्धक बनाइएकोमा जनतासँग क्षमा याचना गरेका छन् । 

गत २३ भदौदेखि संसद् बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेकोप्रति इङ्गित गर्दै उनले संसद्लाई बन्धक बनाइएको भन्दै क्षमता याचना गरेका हुन् । 

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सत्य बोल्न आँट गर्दै आफू उभिएको भन्दै एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने बताए । 

सत्य बोल्ल्न डराउन नहुने भन्दै उनले भने, ‘सबै प्रधानमन्त्रीको पालामा अघि बढाइएको हो । मेरो प्रधानमन्त्रीकलामा पनि अघि बढाइएको हो । तर, त्यतिखेर कानमा तेल हालेर बसेर अहिले विरोध गर्ने ? राजनीतिबाट सन्न्यास लिए हुन्छ । नेपालको लागि योग्य रहेका जानकारी आएपछि अघि सम्झौता प्रक्रिया अघि बढाइएको हो ।’ 

सम्झौताको भाषा केही घोच्ने खालका रहेको भन्दै उनले तर, अन्तर्राष्ट्रिय भाषा प्रयोग भएको बताए । एमसीसी नेपालको हितमा रहेकाले अनुमोदन गर्नुपर्नेमा उनको जोड छ । अहिले केही साथीहरूले व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्न सहमत भएको सुनेको भन्दै उनले माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताप्रति व्यङ्ग्य पनि गरे । उनले नेपाल अब सिंगापुरकाे बाटोमा अघि बढ्ने कि अर्को बाटोमा जाने भन्दै एमसीसीले देशको विकास मार्गमा लागौँ भनेर सुझाव दिए । 

बाबुरामले खोक्रो राष्ट्रवादको नारा जपेर मात्र बस्न नमिल्ने बताए । उनले बिप्पा र बीआरआई सम्झौताबाट पुँजी र प्रविधि भित्र्याउनुपर्ने उल्लेख गरे । एमसीसी अलिकति अप्रिय भए पनि देशको पक्षमा रहेको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ