arrow

एमसीसी सम्झौता नेपालको विकासको पक्षमा : महन्थ ठाकुर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
mahantha-thakur-mcc.jpg

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन्। प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले आफ्नो पार्टी एमसीसी सम्झौताको पक्षमा रहेको स्पष्ट पारेका छन्।

उनले नेपालको विकास निर्माणका लागि एमसीसी सम्झौता आवश्यक रहेको बताए। नेपालको ट्रान्समिसन लाइनदेखि सडक निर्माणसम्ममा खर्च गर्ने गरी आउन लागेको अनुदान स्विकार्नुपर्ने भन्दै उनले नेपालको बौद्धिक सम्पत्ति पनि नेपालकै हुने दाबी गरे।

ठाकुरले एमसीसी सम्झौतामार्फत आउन लागेको अनुदान नेपालकै पहलमा आएको बताए। उनले सबै प्रक्रिया पूरा गरी एमसीसी सम्झौता भएको दाबी गर्दै यसबाट देशको विकास हुने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ