arrow

पल शाहविरुद्ध गैँडाकोटमा पनि उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
paul-shah.jpg
फाइल तस्बिर

चितवन। बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरको गैँडाकोटमा अर्को उजुरी दर्ता भएको छ।

चार दिनअघि उनी विरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो। प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन्। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ