arrow

प्रतिनिधि सभाको बैठक शुरु, एमाले अवरोध जारी, एमसीसीमा छलफल [प्रत्यक्ष प्रसारणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजे शुरु भएको हो । यसअघि संघीय संसद, प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । 

बैठक शुरु भएसँगै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध कार्यक्रमलाई जारी राखेको छ । अहिले नाराबाजी भइरहेको छ । सो नाराबाजीबीच नै एमसीसीबारे सामान्य छलफल गरियोस् भनी अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव गरेका छन् । 

सोपछि छलफल जारी रहेको छ ।

दुई चरणमा बैठक बसेर अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने गरी कार्यव्यवस्थाको बैठकबाट कार्यक्रम तय गरिएको छ । 

यो बैठक सकिएपछि प्रतिनिधि सभा बैठक बस्नेछ । एमसीसी आजै पारित गर्ने ययारी रहेको बताइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ