arrow

बानेश्वर तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
ashru-gas-baneshwor.jpg

काठमाडौं । नयाँ बानेश्वरको क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गर्ने क्रममा केही उश्रृंखल बन्दै गएपछि २ बजेपछिको समय तनावग्रस्त बन्दै गएको छ । 

माओवादी केन्द्र लगायतका केही दलले आन्दोलन सकिएको बताएर हिँडे पनि राप्रपा लगायतका कार्यकर्ताहरु आक्रामक बन्दै प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै रुखका हाँगासमेत भाँचेर हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ । 

आन्दोलनकारीहरु तितरवितर भएका छन् । पक्राउको क्रम जारी छ । 

प्रदर्शनकारीहरुले लुकीलुकी प्रहरीलाई इटाले हानिरहेका छन् । प्रहरीले झण्डै एक दर्जन अश्रुग्यासको सेल प्रहार गरेको छ । 

आज एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन ४० भन्दा बढी दलले काठमाडौंको माइतीघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम राखेका थिए । 

विरोधका कार्यक्रम बिहान ११ बजेबाट शुरु भएको थियो । 



लोकप्रिय समाचार
नयाँ