arrow

एमसीसीलाई सम्भावित कार्यसूचीमा राखेर आयो आइतबारको प्रतिनिधि सभाको बैठकको कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
Parliament_building-1619601493.png
तस्बिर– फाइल

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । संसद सचिवालयले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई सम्भावित कार्यसूचीमा राखेर कार्यक्रम सार्वजनिक गरेको छ । 

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी सम्झौताको विषयमा सामान्य छलफल हुनेछ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् । 

यसअघि शर्मा पेश गर्ने दिन उपस्थित भएका थिएनन् । आर्थिक विषय अर्थमन्त्रीले पेश गर्नुपर्ने भए पनि उनी जिम्मेवारी बिर्सेर बिरामी भएको बहाना गरेका थिए । गत आइतबार संसदमा पेश भएको एमसीसीको विषयमा थप छलफल गर्नुपर्ने भए पनि हुन सकेको छैन । 

बिहीबार र शुक्रबारको बैठक दलहरुबीच सहमति नबन्दा स्थगित भएको थियो । आइतबारको बैठकमा भने छलफल गरेर सोमबारसम्म एमसीसी पारित गर्ने सरकारको योजना रहेको छ । 

सत्ताधारी घटकहरु भने एमसीसी पारित गर्नका लागि एकजुट हुन सकेका छैनन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसलाई धोका दिएको विश्लेषण गरिएको छ । 

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुबाट विश्वस्त हुन नसकेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि सहकार्य खोजिरहेका छन् । 

आइतबार प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७–७८ पनि पेश हुने सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ