arrow

एमसीसी अमेरिकी जनताको उपहार : नेता पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
ramchandra-poudel2.jpg

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको विकासका लागि एमसीसी आवश्यक रहेकाले यसलाई पारित गर्नुपर्ने बताएका छन् ।तनहुँमा रहेका वरिष्ठ नेता पौडेलले एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए । 

बुधबार गृह जिल्ला पुगेका वरिष्ठ नेता पौडेलले बिहीबार व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारमा कार्यकर्ता भेटघाट गरेका छन् । 

“राजनीति र विकाससँगै लैजान सके मात्र जनताको समस्या समाधान गर्न सकिन्छ, जनताको सेवा गर्नका लागि नै हामीले राजनीति गरेका हौँ”, पौडेलले भने । उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिबद्ध हुनुपर्ने बताए । चौतर्फी विकास अहिलेको आवश्यकता रहेको बताउँदै पौडेलले विकासका लागि इच्छाशक्ति र समर्पण आवश्यक रहेको औँल्याए । “जनप्रतिनिधिमा विकास दृष्टि चाहिन्छ, म पनि पहिल्यैदेखि विकासका लागि परेको छु र सदैव लागिरहनेछु”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ