arrow

प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीको विषय कसरी बढ्ला अगाडि ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । हिजो दिउँसो १ बजे बस्नुपर्ने बैठक दलहरुबीचको असहमतिबीच बस्न सकेको थिएन । 

हिजोको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्ने कार्यतालिका रहेको थियो । तर सत्ताधारी दलहरु नै एमसीसीको विरोध गर्दै सडक आन्दोलनमा होमिएपछि माहोल बिग्रिएको थियो । 

एमसीसी संसदमा टेबल गर्न दिने तर अगाडि बढाउन नदिने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको निर्णयका कारण संसद बैठक बस्न नसकेको हो । शुरुआतीदेखि नै एमसीसी संसदबाट पारित गर्नुपर्ने अडान लिएको नेपाली कांग्रेसले सत्ता सहयात्रीबाटै धोका भएको महसुस गरेसँगै हिजोदेखि प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग एमसीसी पारितका लागि सहकार्यको हात अगाडि बढाएको छ । 

यद्यपि एमालेका पनि आफ्नै माग भएका कारण हिजो नै सहमति हुन नसके पनि वार्ता सकारात्मक रहेको दुवै दलका नेताहरुले बताएका छन् । 

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेलाई डाकिएको छ । संसद सचिवालयका अनुसार दिउँसो १ बजे हुने बैठकको सम्भावित सूचीमा एमसीसी पनि रहेको छ । 

कार्यव्यवस्था समितिको बैठक बस्नेबारे भने अहिलेसम्म टुङ्गो लागेको छैन । हिजो बसेको बैठकले भने संसदमा बोल्न चाहने सांसदलाई बढीमा पाँच मिनेटको समय दिने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ