arrow

नेपालमा आतङ्कीहरूको घुसपैठ हुनसक्ने : अध्यक्ष यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
ktm-karachi-flight.jpg

काठमाडौँ। राष्ट्रिय एकता अभियानले काठमाडौँ–कराँची सिधा हवाई उडानका लागि गरिएको प्रस्ताव प्रति विरोध जनाएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौँबाट कराँचीको सिधा हवाई उडान सेवाको लागि गरेको प्रस्ताव प्रति अभियानले विरोध जनाएको हो।

अभियानका अध्यक्ष विनय यादवले प्रेस विज्ञप्ति जारी गर्दै कराँचीबाट काठमाडौँ सिधा हवाई उडान भए पाकिस्तानबाट नेपालमा जिहादी तथा आतङ्कीहरूको घुसपैठ हुनसक्ने सम्भावना बढ्न सक्ने जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ “यसले नेपालको राष्ट्रिय सुरक्षामा पनि प्रत्यक्ष असर पार्न सक्ने हुँदा यस सन्दर्भमा सचेत हुँदै काठमाडौँ–कराँची सिधा उडान नगर्न नगराउन सबै सरोकारवाला निकायलाई हार्दिक अपिल गर्दछौँ।”

विज्ञप्ति मार्फत यादवले काठमाडौँ–कराँची हवाई उडान सम्बन्धी प्रस्ताव कार्यान्वयनको लागि विभिन्न कूटनैतिक तथा सरकारी निकायहरूमार्फत उनको प्रयासहरूप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

हालै मात्र अफगानिस्तानलाई पूर्ण नियन्त्रण तालिवानले लिएको घट्नाबारे विज्ञप्तिमा उल्लेख गर्दै सो क्षेत्र आतङ्कवादी र उग्रवादीहरूको लागि ’सेफ हेभन’ बन्न गएको संयुक्त राष्ट्रसङ्घले पटक पटक बताउँदै आएको अवस्थामा पनि नेपालले यस्तो प्रस्ताव कार्यान्वयन नगर्नु नै राष्ट्रहितमा छ भन्ने उल्लेख गरेको छ।

“अफगानिस्तान र पाकिस्तानको सीमा वारपार अवैध आवागमन हुने गरेको र त्यस क्रममा अफगानिस्तानबाट तालिवान लगायत अन्य विभिन्न आतङ्ककारी सङ्गठनहरूका सदस्यहरू पाकिस्तानमा घुसपैठ गर्दै आएका र अलकायदा प्रमुख ओसामा बिन लादेनलाई अमेरिकी सेनाले पाकिस्तान मै लुकेको बसेको तथ्य पनि नबिर्सन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ