arrow

संसद्को कार्यसूचीमा एमसीसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
sansad-@@@.jpg.jpeg

काठमाडौं । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

सङ्घीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीमाथि छलफलका लागि प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

सम्भावित कार्यसूचीको पहिलो नम्बरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने विषय राखिएको छ ।

यस्तै दोस्रो नम्बरमा अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता  मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

यस्तो छ कार्यसुची:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ