arrow

गाउँमा जाने सबै पैसाको सदुपयोग भए कोही पछि पर्नु पर्दैन : मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
narendra-modi2.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सन् २०२२ को युनियन बजेट पारित भएपछिको सम्बोधन गरेका छन्। 

अनलाइन बजेट सम्बोधनका क्रममा मोदीले सरकारी योजनाहरूबाट शतप्रतिशत लक्ष्यहरू हासिल गर्नुपर्ने बेला भएको बताएका छन् ।

प्रत्येक पैसाको अधिकतम उपयोग सुनिश्चित गर्न सकेमा कुनै पनि नागरिक पछि नपर्ने उनले बताएका हुन् ।

सम्बोधनका क्रममा मोदीले भनेका छन्, 'अहिले धेरै पैसा गाउँमा जान्छ, त्यो पैसा सही समयमा सदुपयोग भयो भने गाउँको अवस्था फेरिन सक्छ ।'

'अहिले भारतका सबैजसो राज्यमा उत्पादनभन्दा नतिजामा बढी जोड दिनुपर्ने अवस्था रहेको' मोदीले भनेका छन् ।

मोदीले पछिल्ला ७ वर्षमा जसरी सरकारले पानी, बिजुली, ग्यास जडान, शौचालय र सडक जस्ता आधारभूत सुविधाहरू उपलब्ध गराएको थियो अब, यस्ता योजनाहरूले राष्ट्रको १०० प्रतिशतलाई समेट्नुपर्ने टिप्पणी गरेका छन् ।

यस्तै उनले गाउँमा नयाँ किसिमका उद्यमहरू र स्टार्टअपहरू सुरु हुनुपर्ने र कोही पनि नागरिकलाई पछि नछोड्ने गरी लक्ष्य हासिल पार्नुपर्ने बताएका छन् ।

कुनै पनि नागरिकलाई पछि नछोड्ने नाराका साथ प्रधानमन्त्री मोदीले बजेट पारितपछि अनलाइन सम्बोधन गरेका हुन् । 

बजेटको सकारात्मक प्रभावबारे छलफल गर्न अगुवा उद्योगी, नीति निर्माता र सरकारी अधिकारीहरूलाई एकै ठाउँमा ल्याउने र सामूहिक रूपमा काम गर्ने कार्यमूलक रणनीतिहरू पहिचान गर्ने उद्देश्यले यो सम्बोधन तयार पारिएको बताइएको छ । यसमा काम गर्न दश मन्त्रालय र विभागहरू सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ