काठमाडौं । ८० को दशकमा दिवङ्गत बलिउड अभिनेत्री श्रीदेवी र अनिल कपूरको जोडीलाई पर्दामा निकै मन पराइने गरिन्थ्यो । दुवैले एकसाथ धेरै हिट फिल्म दिएका छन् । मिस्टर इन्डिया, जुदाई, लाडला, रूप की रानी चोरों का राजा जस्ता धेरै उत्कृष्ट चलचित्रहरू यो सूचीमा परेका छन्।
‘मिस्टर इन्डिया’त्यति बेलाको ब्लकबस्टर हिट साबित भएको थियो । फिल्मको हरेक क्यारेक्टरलाई दर्शकले मन पराएका थिए । मिस्टर इन्डियाका लागि अमिताभ बच्चन पहिलो रोजाइमा थिए । तर केही कारणले उनले काम गरेनन् र फिल्म अनिल कपूर हातमा पर्यो । ‘मिस्टर इन्डिया’ उनको करियरको उत्कृष्ट फिल्म हो ।
मिस्टर इन्डियासँग जोडिएको एउटा किस्सा सो समय निकै चर्चामा थियो । अनिल कपूरले आफ्ना दाजु बोनी कपूरसँग लडाइँ गरेका थिए, जो यस फिल्मका निर्माता पनि थिए। दुई दाजुभाइबीचको झगडाको कारण अरू कोही नभई श्रीदेवी नै थिइन् । सुटिङका क्रममा अनिल कपूर आफ्ना दाजु बोनीसँग यति रिसाए कि उनले सेट छाडेर हिँडे ।
त्यति बेला श्रीदेवी अभिनेता मिथुन चक्रवर्तीसँग डेट गरिरहेकी थिइन् । यति मात्र होइन, उनीहरूको अफेयरको खबर निकै चर्चामा आएको थियो ।
बोनी कपूर ‘मिस्टर इन्डिया’ को निर्माणमा निकै व्यस्त थिए । उनी यस फिल्मको मुख्य अभिनेत्रीको भूमिकामा श्रीदेवीलाई हेर्न चाहन्थे। तर श्रीदेवीले उनको प्रस्ताव अस्वीकार गरिन् । पछि श्रीदेवीले यो फिल्ममा काम गर्नको लागि त्यो समय अनुसार धेरै पारिश्रमिक मागेकी थिइन् । श्रीदेवीले १० लाख रुपैयाँ मागेको बताइएको छ । यो थाहा पाएपछि बोनी कपुरले उनलाई १० को सट्टा ११ लाख रुपैयाँ अफर गरे ।
जब अनिल कपुरलाई यो कुरा थाहा भयो, उनी निकै रिसाए । वास्तवमा, अनिल कपूर आफैँले यो फिल्मको निर्माणमा धेरै पैसा लगानी गरिरहेका थिए। त्यसैले अनावश्यक खर्चमा उनी निकै सजग थिए । जब उनलाई श्रीदेवीको पारिश्रमिकको बारेमा थाहा भयो, उनी पारो बढेको थियो ।