काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल 'ट्रुथ सोसल' आईफोन प्रयोगकर्ताका लागि एप स्टोरमा सार्वजनिक भएको छ ।
ट्रुथ सोसललाई अमेरिकाको बिग टेन्ट सोशल मिडिया प्लेटफर्मको नाम दिँदै यसले राजनीतिक विचारधारा विरुद्ध भेदभाव नगरी स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहित गर्ने बताइएको छ ।
ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो । त्यसपछि उनले आफ्नै सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका थिए ।
सोही अनुसार अहिले सीमित प्रयोगकर्ताका लागि एप स्टोरमा सार्वजनिक भएको ट्रुथ सोसल चाँडै विश्वव्यापी रूपमा सञ्चालनमा आउने बताइएको छ ।