arrow

एमसीसीका विरोध गर्दा घाइते भएकाको उपचार गर्न केसीको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
8.jpg

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा उत्रिएर प्रहरीको लाठी खानेको उपचार व्यवस्था मिलाउन  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माग गरेका छन् । 

सत्ता साझेदार दल जनमोर्चाका अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्थासमेत सरकारले गर्नुपर्नेमा जोड दिएका छन् । 

 केसीले एमसीसीका विरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध पनि गरेका छन् । सो विज्ञप्तिमा उनले आफ्नो पार्टीले सुरुदेखि नै एमसीसी सम्झौताको विरोध गर्दै आएको पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ