arrow

जनतालाई यथार्थ जानकारी गराउन संसद्मा एमसीसी टेबुल भएको हो : कानुनमन्त्री बडू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
badu.jpg
फाइल तस्बिर

काठमाडौँ। कानुन तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसद्मा एमसीसी टेबुल गरेको बताएका छन्।

अहिले एमसीसीबारे सडकमा र बाहिर व्यापक विरोध भइरहेको तर संसद्मा कुनै पनि छलफल र बहस नभएकाले आज संसद्मा टेबुल गर्नुपरेको उनले बताए। ‘संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसद्मा टेबुल भएको हो, अब संसद्मा छलफल र बहस हुन्छ। पास वा फेल जे भए पनि सांसदमै हुन्छ,’ संसद् भवनबाट बाहिर निस्किने क्रममा सञ्चारकर्मीसँग बडूले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ