arrow

संसद बैठक स्थगित, एमसीसी टेबल भएन, अर्को बैठक आइतबार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
parliament-2078-10-06.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक आगामी आइतबार फागुन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् । 

आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) समावेश गरिएको थिएन । सत्ताधारी दलहरुबीच सहमति नबनेपछि आजको कार्यसूचीमा एमसीसी नपरेको हो । 

गठबन्धनको बैठक पनि आइतबार नै बस्नेछ । सम्भवतः आइतबार कुनै निष्कर्ष निस्कन सक्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ