arrow

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमसीसी टेबुल गर्नेबारे अन्योल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
karyabyabasta-2078-11-06.jpg

काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक बसिरहेको हो । बैठकले आजको प्रतिनिधि सभाको बैठकका एजेन्डा तय गर्दैछ । 

यो बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्ने विषयमा निर्णय हुन सक्नेछ । यसअघि संसद सचिवालयले नियमित सम्भावित सूचीमा एमसीसीको विषय राखेको थिएन । 

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने संसद बैठकमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उनले एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका हुन् । 

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले भने, ‘यसबारे कार्यव्यवस्था समितिले निर्णय गर्छ ।’ 

एमसीसीका सम्बन्धमा दलहरूबीच सहमति नजुटेपछि फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्ने भएको छ । ‘हामी सकारात्मक रूपमा अघि बढेका छौँ । फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्नेछ’, उनले भने । 

गठबन्धनबीच सहमति नजुटेपछि आज पनि एमसीसी संसदमा टेबुल हुनेमा शंका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ