arrow

बानेश्वरमा सुरक्षा व्यवस्था कडा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
security-bicc-2022.jpg

काठमाडौं । संसद भवन नयाँ बानेश्वरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभामा पेश गर्ने सरकारको तयारी भएसँगै विरोधमा उत्रिएका कम्युनिष्ट घटकहरुको आन्दोलनका कारण सुरक्षा व्यवस्था कडा बनाइएको हो । 

गत बुधबार पनि संसद बैठक चल्ने भएसँगै कम्युनिष्ट घटकहरुले सडकमा विरोध प्रदर्शन गरेका थिए । बुधबार विभिन्न साना कम्युनिष्ट घटकले नेपाल बन्दको आह्वान गरेका थिए । आज बन्द आह्वान नगरे पनि निषेधित संसद भवन वरिपरिको घेरा तोड्ने योजना बनाएका छन् । 

माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक क्षेत्रमा सुरक्षाकर्मीहरु बिहानैदेखि तैनाथ रहेका छन् । 

बिहान १० बजेपछि सत्ताघटकको बैठक बसेपछि बिहान ११ः३० बजेलाई संसद बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ । 

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई डाकिएको छ । त्यो बैठक प्रभाविक पार्ने गरी साना कम्युनिष्ट घटकहरु आन्दोलित भएका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ