arrow

प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा एमसीसी परेन, कार्यव्यवस्थाले तय गर्न सक्ने  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
Parliament_building-1619601493.png
तस्बिर– फाइल

काठमाडौँ । संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७–७८’ पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । तर त्यसअघि बिहान ११ः३० बजेका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

संसद् सचिवालयको सम्भावित सूचीमा नपरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश गर्ने विषय कार्यव्यवस्था परामर्श समितिले तय गर्न सक्नेछ । 

तर अहिलेसम्म सत्ताधारी दलहरुबीच सहमति नबनेकाले यसै भन्न सक्ने अवस्था नरहेको बताइन्छ । त्यसअघि सत्ताधारी दलको बिहीबार सफल हुन नसकेको बैठक शुक्रबार बिहान १० बजे बसेर टुङ्गो लगाउने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ