arrow

दुई घण्टा पछाडि धकेलियो सत्तारुढ गठबन्धनको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
gathabandhan baithak.jpg

काठमाडौँ । सत्तारुढ गठबन्धनको दिउँसो ३ बजे बस्ने भनिएको बैठक पछाडि सरेको छ । मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक साँझ ५ बजेलाई सारिएको हो । 

सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु उपस्थित हुनेछन् । 

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेपछि बैठक बोलाइएको हो ।  

‘एमसीका विषयमा मन्त्रिपरिषद्को बैठकमा गहन छलफल गरेपछि गठबन्धनको बैठक बस्ने सहमति भएको हो’, बालुवाटार स्रोतले भन्यो । 

एमसीसीबारे कांग्रेसले शुरुआतदेखि नै पारित गर्नुपर्छ भनिरहेको छ भने माओवादी केन्द्र र नेकपा एसले बोली फेरिरहेका छन् । जसपाभित्र पनि विवाद निकाल्न खोजिएको छ । जनमोर्चा विपक्षमा छ । 



नयाँ