arrow

'डिस्को किङ' को निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
disco-king.jpg

काठमाडौं । 'डिस्को किङ' भनेर चिनिने भारतीय संगीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ । बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो । उनी डिस्को संगीतको लागि प्रख्यात थिए । बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो ।

प्रयाख्त अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उनको निधनमा ट्विटरमर्फत शोक व्यक्त गरेकी छन् । मंगलबार राति ११:४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचनाहरू सबैले मन पराएका बताएका छन् । “दुःखको खबर – प्रसिद्ध संगीतकार बप्पी लाहिरीजी अब रहनु भएन । परिवारजनमा समवेदना र ओम शान्ति ओम,“ उनले ट्वीट गरेका छन् । 

पश्चिम बंगालको जलपाईगुडीमा जन्मिएका बप्पी दाको सङ्गीतले सम्पूर्ण फ्यानहरूलाई छक्क पारेको थियो । उनलाई सबै उमेरका मानिसहरूले मन पराउने मंत्रमुग्ध सांगीतिक रचनाहरूको लागि सम्झिरहनेछ । 

विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना भएका बप्पी दाको 'स्लीप एपनिया' का कारण उनको निधन भएको बताइएको छ ।'डिस्को किङ' बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ