arrow

६ फागुनमा एमसीसी प्रस्ताव टेबुल हुन्छ : कानूनमन्त्री बडू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
badu.jpg
फाइल तस्बिर

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रवार संसद्मा एमसीसी टेबुल गरिने बताएका छन्। त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने बताए।

संसद् बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले एमसीसीबारे सल्लाह र सहमति गठबन्धनकै दलहरूबीच आवश्यक देखिएका कारण आजको बैठकमा प्रस्ताव टेबुल नगरिएको दाबी गरे।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् बैठक बस्नु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजको संसद् बैठकमा प्रस्ताव टेबुल नगर्ने सहमति बनेको थियो।

गठबन्धनमा रहेका पाँच दलबीच सहमति नभइ प्रस्तावलाई टेबुल गर्न नहुनेमा गठबन्धनकै घटकहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ