arrow

'आदिकवि आचार्यको जन्मस्थललाई साहित्यिक गतिविधिको केन्द्र बनाउनुपर्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
ramchandra-poudel-final.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा क्षेत्रलाई विश्वका नेपाली भाषा, साहित्य र संस्कृतिकर्मीहरूको गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

प्रस्तावित भानु साहित्य उद्यानसम्बन्धी काठमाडौँमा आज भएको वृहत भेलामा वरिष्ठ नेता पौडेलले चुँदीमा भानुभक्तकालीन त्यस क्षेत्रको संस्कृति झल्कने तथा रम्घा डाँडामा बाटुले घर बनाएर रामायणको सचित्र लेखन र नेपाली साहित्यकारहरुको तस्बिर राख्नुपर्ने सुझाव दिए । 

सबै प्रदेशका सात प्रसिद्धधाम पनि त्यहाँ बनाउन सकिने भन्दै उनले साहित्यिक गतिविधिको केन्द्रका रूपमा चुँदीको विकास कार्यअघि बढाउनुपर्ने धारणा व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ