arrow

सिप्रदीको पाँचौं समूहको नि:शुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
sipradi-training.jpg

काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा सञ्चालन भएको नि:शुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम पाचौं समूह गत माघ २८ गते सम्पन्न भएको छ।

दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए।

समारोहमा प्रशिक्षार्थीहरूलाई बधाई दिदैं प्रमुख कार्यकारी अध्यक्ष राजन बाबु श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधिको प्रवेश हुन गइरहेको अवस्थामा अटोइलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसरहरू रहेको जानकारी दिएका थिए।

सम्पूर्ण १० प्रशिक्षार्थीहरूले सिप्रदीको नेपालभर रहेका वर्कसपहरूमा रोजगारीको अवसर प्राप्त गरेका छन्। उक्त ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सिप्रदी ट्रेनिङ सेन्टरले निःशुल्क प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ