महाभियोगको प्रस्ताव दर्ताको सूचना सर्वोच्चलाई जानकारी दिँदै
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
1.9k
Shares
फाइल तस्बिर
काठमाडौं। संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको सर्वाेच्च अदालतलाई पठाउँदै छ।
सचिवालयमा आइतबार कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् ।
महाभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन् । यसबारे सचिवालयले सर्वाेच्च अदालतलाई जानकारी दिन लागेको हो । सचिवालयमा अहिले पत्र तयार पारिँदै छ ।