रहेनन् निर्देशक रवि टण्डन, छोरी रविना टण्डनले भनिन् - बुवा जान दिन्न
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
714
Shares
काठमाडौं । बलिउड निर्देशक रवि टण्डनको मुम्बईमा निधन भएको छ । रवि टण्डनको शुक्रवार बिहान करिब ४:४५ बजे आफ्नै घरमा निधन भएको हो । अभिनेत्री रविना टण्डन उनकी छोरी हुन् ।
रविना टण्डनले सामाजिक सञ्जालमा आफ्ना पिताको तस्बिर शेयर गर्दै भावुक पोस्ट पनि लेखेकी छिन् । उनको पोस्टलाई चलचित्र जगतका सबैले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनले पापा म कहिल्यै तपाईँलाई छोड्ने छैन भन्दै प्रेम भाव देखाएकी छन् ।
उनका शुरुवाती फिल्महरूमा 'अन्होनी' र 'खेल खेल मे' पर्छन्। आगरामा जन्मेका निर्देशक टन्डनले अमिताभ बच्चन अभिनीत 'मजबूर' र 'खुद्दर' जस्ता हिट फिल्महरू बनाएका छन् ।
उनी सञ्जीव कुमारका नजिकका साथीहरूमध्ये एक हुन् । रवि टण्डनले फिल्म निर्देशक आरके नय्यरको सहायकको रूपमा काम गर्न शुरु गरेका थिए ।
‘लभ इन शिमला’ र ‘ये रास्ते हैं प्यार के’ फिल्मबाट फिल्म निर्देशनको कला सिकेपछि रवि टण्डनले निर्देशकको रूपमा पहिलो फिल्म ‘अन्होनी’ बनाए ।
सो फिल्ममा सञ्जीव कुमारको अभिनयको अहिले पनि तारिफ भइरहेको छ ।
त्यसपछि उनले ऋषि कपूरसँग फिल्म ‘खेल खेल में’ बनाए, जसको रिमेकको रूपमा अक्षय कुमारको फिल्म ‘खिलाडी’ बनेको थियो ।