arrow

दुग्धपानमा जागरण ल्याउन दुध चुसाउने कार्य्रकम

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
breast-feeding.jpg.jpeg
कारकास। सिन्हवा। ल्याटेन अमेरिकी मुलुकहरुले दुधे बालक भएका महिलाहरुको लागि सार्वजनिक रुपमा दुध चुसाउने कार्यक्रम राखेका छन्। विश्व दुग्धपान सप्ताह(अगस्ट १ देखि ७)का अवसरमा ल्याटेन अमेरिकी मुलुकहरु सार्वजनिक रुपमा दुध चुसाउने कार्यक्रम राखिएको हो। 
 
यस अवसरमा भेनेजुयलाको राजधानी कारकासमा करिव २ सय महिलाहरुले आफ्ना नानीहरुलाई सार्वजनिक रुपमा दुध चुसाएका थिए। यो अभियानले १९९७मा ७ प्रतिशतमा रहेको दुध चुसाउने दर हाल ५२ प्रतिशतमा पुगेको छ। दुध चुसाउनु बालबालिकार आमाको लागि राम्रो हुन्छ भन्ने अभियान अहिले ल्याटेन अमेरिकी देशमा व्यापक रुपमा सञ्चालनमा रहेको छ। यो दर २०१९ सम्म ७० प्रतिशतमा पुर्‍याउने लक्ष्य त्यहाको सरकारले लिएको छ। 
 
दुध चुसाउने दर मेक्सिकोमा पनि बढिरहेको छ। त्यहाँ पछिल्ला ३ बर्षमा दुध चुसाउने दर दोव्वर भएको युनिसेफले जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ