arrow

जसले दुर्घटनामा परेर पनि मृत्युलाई जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
salman-nose.jpg

काठमाडौं । फिल्ममा देखाइने विभिन्न दृश्यहरू हेर्दा मानिसलाई निकै रमाइलो लाग्छ । तर, उक्त सिनका लागि अभिनय गर्नु निकै कठिन काम हो । उनीहरूले त्यसका लागि धेरै मिहिनेत पनि गरेका हुन्छन् । अभिनय गर्ने क्रममा धेरै कलाकारहरू घाइते पनि हुने गरेका छन् । कहिलेकाहीँ ज्यानलाई नै जोखिम पर्ने किसिमको घटना पनि हुने गरेको छ ।

यहाँ अभिनयको क्रममा भएको दुर्घटनाबाट मृत्युको मुखबाट बाँचेका भारतीय कलाकारको उल्लेख गरिएको छ –

१. सलमान खान
‘तेरे नाम’ फिल्म खेल्दा यस्तो घटना भएको थियो कि सलमान खान निकै घाइते भएका थिए । यो फिल्म २००३ मा आएको थियो । एक सिनमा उनले रेलवेमा हिँड्नुपर्ने थियो । तर, रेल अचानक आभाष अर्का सहयोगी कलाकारलाई भएको थियो । जसको कारण उनले सलमान खानलाई धक्का दिएका थिए । जसको कारण उनी गम्भीर घाइते भएका थिए ।

२. प्रीति जिन्टा
प्रीति जिन्टा एक पटक कोलम्बोमा प्रस्तुति दिइरहेकी थिइन् । यो क्रममा कन्सर्टको एक भागमा बम विस्फोट भएको थियो । यो घटनामा संयोगले उनी बचेकी थिइन् । त्यस्तै एक पटक थाइल्यान्डमा आएको सुनामीमा पनि उनी चारैतिरबाट घेरिएकी थिइन् ।

३. जोन अब्राहम
जोन अब्राहम ‘शुटआउट एट वडाला’ फिल्मको सुटिङको क्रममा दर्दनाक दुर्घटना भएको थियो । सुटिङको क्रममा अनिल कपूरले जोन अब्राहमलाई गोली प्रहार गर्छन् । ब्लैंक बुलेट जोन अब्राहमको गर्धनमा लाग्छ । उनी गम्भीर घाइते हुन्छन् । उनीहरू बीचको दूरी १५ फिटभन्दा पनि कम थियो । जसको कारण यो घटना भएको हो ।

४. सैफ अली खान
सन् २००० मा आएको ‘क्या कहना’ फिल्ममा उनी प्रीति जिन्टासँग देखिएका थिए । यो फिल्मको सुटिङको क्रममा भएको बाइक दुर्घटनामा सैफ अली खान नराम्रोसँग घाइते भएका थिए । जसको कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

५. ऋतिक रोशन
कृष फिल्म खेल्ने क्रममा ऋतिक रोशन पनि ठुलो दुर्घटनामा परेका थिए । कृष फिल्म सुटिङ गर्दा उनी ५० फिटको उचाइबाट खसेका थिए ।

६. ऐश्वर्या राय बच्चन
सन् २००४ मा आएको फिल्म खाकी फिल्म सुटिङको क्रममा उनी दुर्घटनामा परेकी थिइन् । त्यति बेला उनी अनियन्त्रित जिपसँग ठोक्किएर झाडीमा खसेकी थिइन् । त्यसपछि उनलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ